Logo

अर्थ

सालपा विकास बैंक र रिलायन्स स्पिनिङको सेयर कारोबारमा, कतिमा भयो पहिलो किनबेच?



काठमाडाैं । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबार आज (सोमबार)देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो । सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ ।

सालपा विकासको ‘एसएबिबिएल’ र रिलायन्सको ‘आरएसएमएल’ संकेतमा सेयर कारोबार खुला भएको छ ।

शुक्रबार नेप्सेमा सालपा विकास बैंकको १०० रूपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १०० रूपैयाँ अंकित मूल्यको कुल १ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीले पहिलो कारोबारको लागि एक सय रूपैयाँदेखि तीन सय रूपैयाँको मूल्य रेञ्ज पाएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १२:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।