काठमाडाैं । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबार आज (सोमबार)देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो । सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ ।
सालपा विकासको ‘एसएबिबिएल’ र रिलायन्सको ‘आरएसएमएल’ संकेतमा सेयर कारोबार खुला भएको छ ।
शुक्रबार नेप्सेमा सालपा विकास बैंकको १०० रूपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १०० रूपैयाँ अंकित मूल्यको कुल १ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीले पहिलो कारोबारको लागि एक सय रूपैयाँदेखि तीन सय रूपैयाँको मूल्य रेञ्ज पाएका थिए ।




















प्रतिक्रिया