काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीबाट चोरीको नगद र गहना सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौँरीदेउराली गाउँपालिका घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछापको मन्थली नगरपालिका–८ घर भएकी १९ वर्षीया सुनिता बस्याल छन् ।
आइतबार उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । चम्पादेवी बसपार्क नजिकको एउटा घरबाट चोरी गरेर भाग्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
आरोपीहरूको साथबाट प्रहरीले चोरेको १ लाख ४८ हजार नगद, सुनको ब्रासलेट १ थान, टप, तिलहरी, लकेट, सिक्री र औँठी लगायतका गहना बरामद गरेको छ । आरोपीहरू बागमती प्रदेश–०२–०३६ प ६७६५ नम्बरको केटिएम डुक मोटरसाइकलमा सवार थिए ।





















प्रतिक्रिया