Logo

अर्थ

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । सुनको मूल्य आज पनि घटेकाे छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ११:१५   :  बजे

564
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।