Logo

धर्म / संस्कृति

नागा बाबासहित साधुसन्तको बिदाइ खर्च २२ लाख ५० हजार



काठमाडौं। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ ।

दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षिणा स्वरुप दिइएको संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिए।

संस्थानले दिएको दक्षिणाको आधा कोषले पनि ती साधु सन्तलाई दिएर बिदाइ गरेको छ । कोषले रु ११ लाख २५ हजार दक्षिणा स्वरुप नागा बाबासहितका साधुसन्तलाई दिएको जनाइएको छ ।

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी आएको अनुमान गरिए पनि पहिलो चरणमा सोमबार दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकी र रहेका साधुसन्तलाई पनि बिदाइ गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ०६:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।