Logo

अर्थ

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति?



काठमाडाैं । नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काभ्रेको धुलिखेलमा भएको भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको छलफलपछि अण्डाको नयाँ समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ । संघको फागुन १० गते भएको कार्यसमितिको निर्णय अनुसार, फागुन ११ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।

एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ, ठुलो अण्डाको ४७५ र मिडियम अण्डाको ४४५ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ, ठुलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १६:५०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।