अमेरिका । नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ ।
उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
“यहाँ आएर पनि हाम्रो पर्व मनाउन पाउँदा र यो माहोल देख्दा निकै खुसी लागेको छ,” समीर पोखरेलको भनाइ छ । एनसिएनसीले प्रत्येक वर्ष फागुपूर्णिमाको अवसर पारेर होलीपर्व मनाउँदै आएको छ ।





















प्रतिक्रिया