Logo

कर्णाली प्रदेश

कर्णालीमा ४५ प्रतिशत मतदान



सुर्खेत । कर्णाली प्रदेशमा तीन बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।१ बजेसम्म ३० दशमलव सात प्रतिशत मत खसेकोमा पछिल्लो दुई घण्टामा थप १५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कर्णालीको १२ निर्वाचन क्षेत्रमा १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेकोमा तीन बजेसम्म चार लाख ६८ हजार चार सय २५ मत खसेको छ । यो कुल मतदाताको ४५ दशमलब दुई प्रतिशत हो ।

अहिलेसम्म सबै भन्दा बढी डोल्पामा ५९ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम ३५ दशमलब २७ दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा खसेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १६:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।