नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले नेपाल उद्योग वाणिज्य महासंघकको केन्द्रीय सदस्यका लागि उमेद्वारी दिएका छन् । मगरले चन्द्र ढकालको प्यानलबाट संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिएका हुन् । लामो समयदेखि चन्द्र ढकालको टिममा रहेर विभिन्न क्षेत्रमा सहकार्य गरेको र टिमलाई नै नजिकबाट नियालेकोले सोही टिम नै बलियो रहेको बताउँदै आफु ढकालकै प्यानलबाट उमेद्वारी जनाएको बताए । साथै उनले संगीत उद्योग क्षेत्रमा रहेका धेरै कमीकमजोरीलाई नजिकबाट नियालेको र महासंघको सदस्य भएका यस्ता समस्याहरुलाई निराकरण गर्न अझ सहज हुने उनको भनाई छ ।
साथै अध्यक्ष मगरको उमेद्वारीमा नेपाल संगीत उद्योग संघका पूर्व अध्यक्ष भगवान कुमार श्रेष्ठ, वर्तमान महासचिव खगेन्द्र एक्सो लिम्बु, कोषध्यक्ष मेघराज मग्राती, संगीत उत्पादक माजका अध्यक्ष निर्मलढकाल र प्रस्तोता समाज नेपालका निर्वतमान अध्यक्ष तुलसी पराजुली लगायतका सांगीतिक हस्तीहरुको उपस्थिती सहितको समर्थन रहेको थियो । सम्पूर्णको एक स्वर नै ‘मगरको जित नै संगित क्षेत्रको जित हो’ भन्ने थियो ।
भिडियो:





















प्रतिक्रिया