काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीका लागि १३१ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
आइतबार फाइनलमा न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको भारतीय टोलीलाई प्रोत्साहन स्वरुप उक्त पुरस्कार घोषणा गरिएको बीसीसीआईले जनाएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनल खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि रक्षा गरेको थियो ।





















प्रतिक्रिया