Logo

अन्तर्राष्ट्रिय

विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले १३१ करोड पुरस्कार दिने



काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीका लागि १३१ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

आइतबार फाइनलमा न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको भारतीय टोलीलाई प्रोत्साहन स्वरुप उक्त पुरस्कार घोषणा गरिएको बीसीसीआईले जनाएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनल खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि रक्षा गरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १३:०९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।