Logo

अर्थ

सेयर बजारमा ४६ अंकको गिरावट, १३ अर्ब १८ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४६.७८ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज १३ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १५:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।