काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।





















प्रतिक्रिया