Logo

समाचार

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने



काठमाडौँ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने भएको छ ।

पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गरिने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता ठाकुरले बताए । ६ वर्ष अघि पनि नाकाबन्दीको बेलामा ग्यास अभाव भएपछि आधा सिलिन्डर बिक्री वितरण गरिएकाे थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १८:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।