Logo

अर्थ

सुनको मूल्य तोलामा २ हजार ८ सय घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ११:१०   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।