काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको छ ।





















प्रतिक्रिया