Logo

विविध

नेपाल वैश्विक कर पारदर्शिता मञ्चको सदस्य बन्यो



काठमाडौं।  नेपाल अन्तर्राष्ट्रिय कर पारदर्शितासम्बन्धी वैश्विक मञ्चको सदस्य बनेको छ। यससँगै नेपाल उक्त मञ्चको १७३औँ सदस्य राष्ट्र बनेको हो।

यस सदस्यतासँगै नेपालले करसम्बन्धी सूचना आदानप्रदान, कर छली नियन्त्रण र पारदर्शिता अभिवृद्धिमा अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्नेछ।

विदेशी वित्तीय संस्थामा रहेका सम्पत्तिबारे सूचना आदानप्रदान गर्न सहज हुने बताइएको छ।

सरकारले यसलाई कर प्रशासन सुधार, राजस्व संकलन सुदृढीकरण र अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

साथै यसले वैदेशिक लगानी आकर्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।