Logo

अर्थ

एकैदिन तोलामा ५ हजार ४ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएकाे छ ।

अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार ११:०४   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।