काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया