काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।






















प्रतिक्रिया