काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ को विन्दुमा कायम भएको छ ।
आज १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज २३ अर्ब ५९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ९६ लाख माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.७१ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया