Logo

विविध

फेक रेस्क्यु धन्दा गरेको अभियोगमा धादिङ धुवाँकोटका खोम अधिकारी पक्राउ



काठमाडौं । फेक रेस्क्यु धन्दा गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शनिबार एडभेञ्चर मास्टर ट्रेक प्रा.लीका संचालक सन्तोष भनिने खोम अधिकारीलाई पक्राउ गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका धुवाँकोट घर भएका अधिकारी यसअघि पक्राउ परेका रविन्द्र अधिकारीका साझेदार समेत हुन् ।

उनको अलग्गै स्वामित्व रहेको एडभेञ्चर मास्टर ट्रेक प्रा.ली पनि फेक रेस्क्युमा संलग्न रहेको अनुसन्धानले देखाएको थियो ।यसअघि विभिन्न कम्पनिका १० जना व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १८:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।