काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६ को विन्दुमा कायम भएको छ ।
आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज १५ अर्ब ७८ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.७१ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया