काठमाडौं । कपिलवस्तुमा तीन दिन जारी निषेधाज्ञा मंगलबार हटाइएको छ ।
जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर–२ को बर्गदाको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले चैत ७ गते २ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।
शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहजीकरण गर्न जिल्ला सुरक्षा समितिले मंगलबार बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भविश्र घिमिरेद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा हटाएसँगै महाराजगञ्ज नगरपालिका-२ वरदवा क्षेत्र सामान्य बनेको छ । मानिसहरूको चहलपहल पनि हुन थालेको प्रशासनले जनाएको छ ।
यही चैत ७ गते होहल्ला गरेको भन्दै हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप पनि भएको थियो ।





















प्रतिक्रिया