Logo

विविध

वसन्तपुर क्षेत्रमा रहेको कालभैरव मन्दिर वरिपरिको आकर्षक दृश्यहरू



काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा अवस्थित कालभैरव मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण परम्परागत मन्दिर हो ।

विशेष गरी शनिबार र पर्व-उत्सवका अवसरमा कालभैरव मन्दिरमा भीड बढ्ने गर्दछ । कालभैरव मन्दिर वरपर वसन्तपुर दरबार क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।

यहाँ हनुमान ढोका दरबार, तलेजु भवानी मन्दिर लगायतका महत्त्वपूर्ण मन्दिर तथा दरबारहरू अवस्थित छन् । स्थानीय र विदेशी पर्यटकका लागि वसन्तपुर क्षेत्र एक प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।