Logo

अर्थ

तोलामा २ हजार ९ सयले घट्यो सुन



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ११:१५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।