Logo

समाचार

७ सालदेखिका हरेक जनआन्दोलनसम्बन्धी फाइल खोल्न सांसद बरालको माग



काठमाडौं। नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलबा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् भन्दै चेतावनी दिइन् ।

उनले भनिन्,‘२००७ सालदेखि भएका हरेक परिवर्तनका जनआन्दोलन देखि लिएर जेनजी आन्दोलन घट्नाक्रमलाई लिएर सरकारले सबै फाइल खोलियोस् । हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको कारणले भित्र नराखियोस् । भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् ।’

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १४:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।