Logo

प्रमुख समाचार

कानुन व्यवसायीले अब सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने



काठमाडौं । कानुन व्यवसायीहरुले परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् । उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीहरुको असन्तुष्टि छ ।

सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गरी कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ,‘प्रशासकीय अदालत, सिंहदरबार, काठमाडौंसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार परिसर प्रवेश गर्नुहुने देहायबमोजिमका व्यक्तिलाई देहायबमोजिम प्रवेश सुविधाको व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्यसैगरी, पदाधिकारी र कर्मचारीले सम्बन्धित निकायको आधिकारिक परिचयपत्र, मुद्दाका पक्ष वा वारेसले तारिख पर्चा, आगन्तुक, सरोकारवालाले अदालतको दैनिक ई–पासका आधारमा प्रवेश पाउने अदालतले जनाएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार १३:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।