Logo

अर्थ

सेयर बजारमा ४५ अंकको वृद्धि, ८ अर्ब ३१ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४५.१२ अंकले बढेर २,८०२ को विन्दुमा कायम भएको छ ।

आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य मात्रै घटेको छ ।

आज ८ अर्ब ३१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभनदा धेरै श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार १५:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।