Logo

विविध

नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक कार्कीको निर्देशन



काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासाको उचित सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट आज ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियालाई तत्काल कानुनी दायरामा ल्याइ बिचौलियारहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार २०:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।