Logo

समाचार

न्याय परिषद्ले गर्‍यो न्यायाधीश हेरफेर

काठमाडौँ । न्याय परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न बुधबार नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरिएको छ ।

उच्च अदालत विराटनगर राज्यलक्ष्मी बज्राचार्यलाई अस्थायी इजलास ओखलढुंगामा काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईलाई कैलाली जिल्लाको न्यायाधीशमा सिफारिस गरिएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश श्यामकुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरिएको छ।

665119941_3364275750449172_1584220767796016499_n

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार २०:५९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।