Logo

मनोरञ्जन

सागर लम्साल ‘बले’विरुद्ध अमेरिकामा मुद्दा दायर



काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकाको न्युयोर्कमा मुद्दा दायर भएको छ ।

प्राप्त जानकारीअनुसार, न्युयोर्कमा रहेकी संगम बिष्टले लम्सालमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् । अमेरिकी प्रहरीले सो घटनाबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको बताइएको छ ।

प्रारम्भिक विवरणअनुसार, प्रमाण संकलन र बयान लिने कार्य जारी छ । आवश्यक परेमा नेपाल र अमेरिकाबीचको कानुनी सहकार्यमार्फत नेपाल प्रहरीले सागर लम्साललाई पक्राउ, बयान लिन र थप अनुसन्धान अघि बढाउन समन्वय गर्न सक्ने जानकारी प्राप्त भएको छ ।

हालसम्म बलेबिरुद्द लगाईएका आरोप प्रमाणित भएका छैनन् । सम्बन्धित निकायको अनुसन्धान र अदालतको अन्तिम निर्णयपछि मात्र घटनाको सत्यता आधिकारिक रूपमा पुष्टि हुनेछ ।

गत शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका बले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । उनलाई अभद्र व्यवहार कसूरमा अनुसन्धान भइरहेको छ  ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार १३:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।