काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।
नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।
अख्तियारको अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।





















प्रतिक्रिया