काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार बिदा नदिने भएको छ ।
सरकारले चैत २३ गतेबाट लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि पालिकाले त्यो निर्णय कार्यान्वयन नगर्ने भएको हो ।
पालिकाका अधिकांश कर्मचारी कार्यालय आसपास नै बस्ने गरेको र भौगोलिक विकटताका कारण उक्त थप भएको कार्यालय समयभित्र सेवाग्राहीहरूसमेत कार्यालयसम्म पुग्न असमर्थ हुने देखिएकाले निर्णय कार्यान्वयन नहुने जनाएको हो ।





















प्रतिक्रिया