Logo

समाचार

खैरो हेरोइन सहित बुढानिलकण्ठबाट एक जना युवक पक्राउ



काठमाडाैँ ।  प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् ।

आरोपीलाई बुधवार बुढानिलकण्ठ–१० स्थित नगर अस्पताल नजिकैबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

प्रहरीले उनको डेराबाट ५९.५ ग्राम लागुऔषध खैरो हेरोइन र १ लाख ७२ हजार नगद बरामद गरेको छ । उनको साथबाट लागुऔषध तौल गर्न प्रयोग गरिने १ थान तराजु पनि बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार २०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।