नुवाकोट । सामुदायिक वनमा आगो लगाएको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
डिभिजन वन कार्यालय नुवाकोट ले सूर्यगढी गाउँपालिका–४ का नारायण तामाङविरुद्ध नुवाकोट जिल्ला अदालत मा मुद्दा दायर गरेको हो।
डिभिजन वन अधिकृत प्रदीपनाथ शर्मा का अनुसार चण्डेश्वरी सामुदायिक वनमा आगो लगाइरहेको भिडियो प्रमाणका आधारमा पक्राउ गरी अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
तामाङविरुद्ध वन ऐन, २०७६ को दफा ४९ (घ) अनुसारको कसुरमा दफा ५० (४) बमोजिम तीन वर्षसम्म कैद र ६० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।
वन क्षेत्रमा सुक्खायामका कारण डढेलोको जोखिम उच्च भएकाले कसैले पनि आगो नलगाउन तथा यस्ता गतिविधिबाट टाढा रहन कार्यालयले आग्रह गरेको छ।





















प्रतिक्रिया