Logo

शिक्षा

बुढानीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरु सञ्चालन गर्न अनुरोध



काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यालय सञ्चालन प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नगर कार्यपालिकाको कार्यालय हात्तीगौडाबाट जारी सूचनामा नगर शिक्षा समितिको २०८३ वैशाख ४ गतेको निर्णयअनुसार विद्यार्थी भर्ना तथा पठनपाठन सुचारु गर्न सबै विद्यालयलाई आग्रह गरिएको हो।

“स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ” भन्ने नारासहित जारी सूचनामा नगरपालिकाले तयार पारेको शैक्षिक क्यालेण्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ।

नगर प्रमुख मिठाराम अधिकारीद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरुलाई समयमै भर्ना प्रक्रिया सम्पन्न गरी नियमित कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ। नगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।