Logo

अन्तर्राष्ट्रिय

अमेरिकी सैनिकद्वारा इरानकाे दाबी अस्वीकार



वाशिङटन डीसी। अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक आफ्ना नौ सैनिक जहाज माथि आक्रमण भएको भन्ने इरानको दाबीलाई अस्वीकार गरेको छ।

अमेरिकी सेनाको मध्य कमान्डले कुनै पनि अमेरिकी युद्धपोतमाथि मिसाइल प्रहार नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत इरानको दाबी आधारहीन भएको जनाएको छ।

यसअघि इरानको सरकारी समाचार संस्थाले सैन्य स्रोतलाई उद्धृत गर्दै आफ्नो नौसेनाले अमेरिकी तथा इजरायली युद्धपोतलाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिएको दाबी गरेको थियो।

इरानले आफ्ना जलक्षेत्रको सुरक्षा आफैंले सुनिश्चित गर्ने भन्दै विदेशी सैन्य उपस्थितिप्रति निरन्तर कडा अभिव्यक्ति दिँदै आएको छ।

दुवै पक्षका फरक–फरक दाबीबीच होर्मुज क्षेत्रको सुरक्षा अवस्था र क्षेत्रीय तनावबारे अन्तर्राष्ट्रिय चासो थप बढेको देखिन्छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार २०:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।