Logo

Banner News

शेखर गोल्छालाई थुन्नु गैरकानूनी भएको सर्वोच्चको ठहर



काठमाडौं। सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई थुन्नु गैरकानूनी भएको ठहर गरेको छ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो ठहर गरेको हो।

न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले गोल्छालाई थुनामा राख्न अनुमति लिएको प्रक्रिया खारेज गरेको हो।

यसैबीच सर्वोच्चले गोल्छालाई धरौटी वा जमानतमा छाड्न पनि आदेश दिएको छ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख ११ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार २०:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।