Logo

शिक्षा

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी सकिन्छ हेर्न



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको हो।

सूचनाअनुसार परीक्षार्थीहरूले नेपाल टेलिकम को १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी तथा आईभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सक्नेछन्।

यस्तै, जानकी टेक्नोलोजी को ३५००१ र एम्बिसन गुरु को ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

नतिजा तथा विस्तृत मार्कसिट हेर्नका लागि बोर्डले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको जनाएको छ।

तीमध्ये SEE Result PortalNational Examination BoardSEE NTC ResulteKantipurEduSanjal SEE Result र Khalti App प्रमुख रहेका छन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न र अनधिकृत स्रोतप्रति सतर्क रहन परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १०:१७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।