Logo

अर्थ

रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने घाेषणा



काठमाडौं । सरकारले रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

उक्त नीति तथा कार्यक्रम अनुसार श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने भएको छ ।

त्यस्तै, लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरि लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिने भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १६:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।