गण्डकी। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदै छ।
अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो।
वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ।





















प्रतिक्रिया