यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औँ वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पेश गरिनेछ ।
साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने र आवश्यक परे ऋण सुविधा लिने प्रस्तावमाथि पनि छलफल हुने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया