Logo

अर्थ

फुटबल र क्रिकेटका १८ आधुनिक रङ्गशाला बनाइने



सरकारले फुटबलका १० र क्रिकेटका ८ वटा आधुनिक रङ्गशाला बनाउने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण शुक्रबार संसद्मा प्रस्तुत गर्दै देशभरमा ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रङ्गशालाको स्तरोन्नति गरिने बताएका हुन्।

यस्तै देशका प्रमुख ८ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला पनि बनाइने भएको छ।

विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताको इन्डोर मल्टिपर्पोज रङ्गशाला आगामी तीन वर्षभित्र निर्माण गर्न पनि बजेट छुट्याएको छ।

मुलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र  कैलालाकी फाप्लाको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने भएको छ।

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवनका लागि आजीवन नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने भएको छ।

आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट छुट्याइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।