Logo

पर्यटन

नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको सहयोग



काठमाडौँ । अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिकाबिच उद्यमशीलता तथा नवप्रवर्तनमार्फत रहेको बलियो सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

एसेन्ट समिट २०२६ मा आफ्नो धारणा राख्दै उनले उच्च गुणस्तरका आउटडोर सामग्रीदेखि अत्यन्त कठिन हिमाली वातावरणका लागि विकसित सञ्चार प्रविधिसम्मका अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटनमा टेवा पुर्‍याइरहेको बताइन् ।

यस्ता उत्पादन तथा सेवाले अमेरिकी व्यवसायका लागि समेत नयाँ अवसर सिर्जना गरिरहेको उनले बताइन् ।

अमेरिकाले नेपालसँग नवप्रवर्तन, आर्थिक वृद्धि तथा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउन निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उनले नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न साझेदारी अझ सुदृढ बनाइने बताइन् ।

समिटमा एक हजार ४ सयभन्दा बढी पर्वतारोही, अभियान नेता, नवप्रवर्तक, आउटडोर ब्रान्डका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरूको सहभागिता रहेको नेपालस्थि अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार २०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।