Logo

अर्थ

म्याद गुज्रिएको सयौँ किलो भटमास र चिउरा बरामद, तत्कालै नष्ट



काठमाडाैं । काठमाण्डौको नयाँबजारस्थित एक पसलबाट ठूलो परिमाणमा म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा प्रिन्स स्टोरबाट म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरेको हो ।

संयुक्त टोलीले अनुगमनका क्रममा उक्त पसलबाट म्याद गुज्रिएका ३१ हजार ३ सय ५० रुपैयाँबराबरको १ सय १० किलो भटमास र ४५ हजार ५ सय रुपैयाँबराबरको १ सय ४७ किलो ताइचिन चिउरा फेला परेको थियो ।

यस्तै पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थहरू समेत भण्डारण गरी बिक्री वितरणका लागि राखिएको पाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १४:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।