गेरुवा गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी एक प्रिय राठौर माध्यामिक विद्यालय पाताभारले हात पारेको छ । खेलकुदको १५ वटा विधामा स्वर्ण पदक जिते पछि एक प्रिय राठौर माविले राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हात पारेको हो ।
रनिङ्ग शिल्ड खेलकुदमा एक प्रिय राठौर माविले छात्र तर्फ १५ सय तथा ८ सय मिटर दौड, हाइजम्प, ज्याबलिङ्गथ्रो, र सटपट छात्रामा लङ्गजम्प छात्र– छात्रा, छात्र तर्फ १०० मिटर, २०० मिटर र ४०० मिटरदौडमा स्वर्ण पदक हात पा¥यो । यसैगरि भलिवल र कबड्डी खेलमा छात्रछात्रा दुबै टिमले स्वर्ण जितेका छन् ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ८ स्वर्ण पदकसहित जानकी मावि जनकनगर दोस्रो भएको छ । भने, ४ स्वर्ण पदक जितेर जनता मावि तेस्रो भएको खेलकुद सचिवालय संयोजक नारायण पौडेल जानकारी दिए । मित्रता सु–स्वास्थ्यका लागि खेलकुद, राष्ट पहिचानका« लागि खेलकुद’ भन्ने नाराका साथ गेरुवा गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गत विहिवारदेखि संचालन भएको थियो ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिका क्षेत्र भित्र रहेका माध्यामिक तह , आधारभुत तह र प्राथमिक तहमामा अध्धयनरत् विद्यार्थीहरुले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा माध्यामिक तहमा छात्रछात्रातर्फ १ सय, २ सय, ४ सय, ८ सय १५ सय र सय गुणा ४ तथा ४ सय गुणा ४ रिले दौड प्रतियोगिता राखिएको थियो । यसै गरि माध्यमिक तहमै छात्रछात्रा दुबै तर्फ लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटपट, जयबलिङ्गथ्रो भलिबल र कपड्डी खेलहरु संचालन भएका थिए ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक आधारभुत र प्रथमिक तहका सामुदायिक २७ र संस्थागत ५ वटा गरि ३२ वटा विद्यालय सहभागी भएका थिए । नेपाल सरकार, गेरुवा गाउँपालिका , सामुदायिक र संस्थागत विद्यालय को सहयोग तथा गेरुवा गाउँपालिका अन्तरगतको शिक्षा शाखा, खेलकुद विकास समिति र शिक्षक महासंघको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतिक्रिया