काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ ।
अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रमाणपत्र तयार भए पनि योगदानकर्ता व्यक्ति र संस्थाको ठेगानामा पुर्याउन स्पष्ट ठेगाना र फोन नम्बर उपलब्ध हुन सकेको छैन । त्यसैले १० हजार रुपैयाँभन्दा बढी योगदान गर्नेहरुले मन्त्रालयको जिन्सी शाखामा सम्पर्क गरी आआफ्नो प्रमाणपत्र प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ।




















प्रतिक्रिया