Logo

समाचार

बैतडी बस दुर्घटनामा १९ घाइते, दुईको अवस्था गम्भीर



काठमाडौं ।बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्।

दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस दशरथचन्द राजमार्गमा दुर्घटनामा परेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइतेसहित सबै घाइतेलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। साथै, घाइतेहरूको पहिचान र स्वास्थ्य अवस्थाबारे थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार २०:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।