काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमाछोराको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।
हात्ती धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया